FAQs Complain Problems

सुचना तथा समाचार

कालिका नगरकार्यपालिकाको कार्यालय।

Read More

कालिका भगवती माई मन्दिर।

Read More

नगर शभा,दोस्रो कार्यकाल दोस्रो अधिवेशन।

Read More

नगर शभा,दोस्रो कार्यकाल दोस्रो अधिवेशन २८ पौष २०७९।

Read More

कालिका नगरपालिका बाट प्रकाशन भएका राजपत्रका सूचि ।

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गा.वि.स.को जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेकोमा मध्ये महिला २२,२७५ र पुरुष २०,२१८ रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल घरधुरी संख्या ९,११८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। हाल २०७६ असार महिना सम्म गरिएको घरधुरी सर्भेक्षणले यस नगरपालिकाको कुल जनसंख्या ५४,०९२ (महिला २६५८० र पुरुष २७५१२) रहेको देखाउदछ भने घरधुरी संख्या ११,१२० रहेको देखिन आउदछ ।राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रारम्भिक कुल जनसंख्या ५२,७९९ (महिला २७,०३९ र पुरुष २५,७४०) रहेको देखाउदछ भने घरधुरी संख्या ११,६२३ रहेको देखिन आउदछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ४० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना, रोजगार सहायक।

Pages

सुचना तथा समाचार

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना, रोजगार सहायक।
सहभागिता सम्बन्धमा, श्री सहकारी संघ संस्थाहरु, बचत तथा ऋणको कारोवार गर्ने।
सूचनाको हक सम्बन्धि ‌ऐन २०६४ को दफा ५(३) वमोजीम सार्वजनिक गरिएको विवरण २०७९-०४-०१ देखी २०७९-०९-३०।
सूचनाको हक सम्बन्धि ‌ऐन २०६४ को दफा ५(३) वमोजीम सार्वजनिक गरिएको विवरण २०७९-०४-०१ देखी २०७९-०६-२९।
Invitation for SQ for "supply, delivery and installation of 62.5Kva silent diesel generator"
उन्नत धानको बीउ अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धमा।
आ.व २०७९/०८० को फागुन मसान्त सम्मको आय व्यय विवरण सार्वजनिक गरिएको वारे।
कार्यपालिका वैठक निर्णय २०७९-११-०५।
कार्यपालिका निर्णय २०७९- १०-०७।
रोजगार संयोजक सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।
लिखित तथा प्रयोगात्मक परीक्षाको मिति तोकिएको वारे- रोजगार सहायक।
बहुक्षेत्रीय पोषण, कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
अनुदानको मल विक्रेता नियुक्ती सिफारिस सम्बन्धमा, कृषी शाखा ।
सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा ।
आ.व २०७९/०८० को अर्धवार्षिक समिक्षा सम्वन्धमा ।
वोलपत्र स्वीकृत गर्ने आशयको सूचना, पक्की नाला निर्माण र वाटो मर्मत ।
सम्झौताका लागि सुची प्रकाशन गरिएको वारे पशु सेवा शाखा ।
रासायनिक मल विक्रेता सिफारिसको लागि दरखास्त आवेदन दिने सम्बन्धमा कृषि विकास शाखा।
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना "Supply and delivery of lab reagents and materials"
तालिममा सहभागी हुने सम्बन्धमा ।

Pages

जन प्रतिनिधि र पदाधिकारी

विनोद रेग्मी
नगर प्रमुख
info@kalikamunchitwan.gov.np OR kalikanagarpalika@gmail.com
९८५५०५८९१४
विमला तमाङ्ग
उप– प्रमुख
info@kalikamunchitwan.gov.np OR kalikanagarpalika@gmail.com
९८५५०२२०५७
केशव प्रसाद उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत
info@kalikamunchitwan.gov.np OR kalikanagarpalika@gmail.com
९८५५०१९१११
प्रकाशचन्द्र पौडेल- गुनासो सुन्ने अधिकारी
सूचना अधिकारी
suchanaadhikari@kalikamun.gov.np OR pcpaudel2009@gmail.com
९८५५०६११३१