FAQs Complain Problems

कालिका नगरपालिकाकाे कार्यालय

Read More

कालिका भगवती मन्दिर

Read More

वडा नं. दश र एघार बाट देखिने प्राकृतिक दृश्य

Read More

"भगेरी थान" कालिका-०९

Read More

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गा.वि.स.को जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेकोमा मध्ये महिला २२,२७५ र पुरुष २०,२१८ रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल घरधुरी संख्या ९,११८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। हाल २०७६ असार महिना सम्म गरिएको घरधुरी सर्भेक्षणले यस नगरपालिकाको कुल जनसंख्या ५४,०९२ (महिला २६५८० र पुरुष २७५१२) रहेको देखाउदछ भने घरधुरी संख्या ११,१२० रहेको देखिन आउदछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ३० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

सूचना प्रकाशनको लागी रास्ट्रिय स्तरमा शिलवन्दी दरभाउपत्र आव्हानको सूचना ।

निर्धारित समयसम्म पठनपाठन गराउने सम्वन्धमा ।

Pages

सुचना तथा समाचार

एघारौँ नगर शभामा पेश भएको बार्षिक नीति तथा कार्यक्रम आ.व २०७९/०८०।
एघारौँ नगर शभामा पेश भएको बजेट वक्तव्य आ.व २०७९/०८०।
सूचना प्रकाशनको लागी रास्ट्रिय स्तरमा शिलवन्दी दरभाउपत्र आव्हानको सूचना ।
मुहान दर्ता सम्वन्धी सार्वजनिक सूचना ।
११ औँ नगर सभा २०७९-०३-०८ ।
निर्धारित समयसम्म पठनपाठन गराउने सम्वन्धमा ।
दर्ता शिविर सम्बन्धि अत्यन्त जरुरी सूचना ।
आ. व २०७८-७९ को जेठ महिना सम्मको आय व्ययको विवरण
कार्यपालिकाको प्रथम वैठक प्रस्ताव तथा निर्णय २०७९-०२-२५
सेनेटरी प्याडको ठेक्का रद्ध गरिएको वारे ।
खोप सेवा लिने वारेको सूचना ।
आ.व. २०७८/७९ को भुक्तानी तथा खाता बन्द सम्बन्धमा ।
कार्यक्रम पेश गर्ने वारे राष्ट्रिय गैर सरकारी संस्थाहरु ।
कालिका नगरपालिकाको कार्यपालिका सदस्यहरु-२०७९ ।
कालिका नगरपालिकाको निर्वाचित जन प्रतिनिधिहरु-२०७९ ।
कोभिड-१९ खोप सेवा लिने वारेको सूचना ।
मुहान दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
आधारभुत तह उत्तिर्ण परीक्षा ( कक्षा-८ ) को नतिजा प्रकाशन सम्बन्धमा ।
शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ( Supply, delivery and Installation of video X-ray)
दरभाउपत्र पेश गर्ने पारेको सूचना (पशु सेवा शाखा) ।

Pages

जन प्रतिनिधि र पदाधिकारी

विनोद रेग्मी
नगर प्रमुख
info@kalikamunchitwan.gov.np OR kalikanagarpalika@gmail.com
९८५५०५८९१४
विमला तमाङ्ग
उप– प्रमुख
info@kalikamunchitwan.gov.np OR kalikanagarpalika@gmail.com
९८५५०२२०५७
निशान राज गौतम
प्रमुख प्रशासकीय अधिकृत
info@kalikamunchitwan.gov.np
९८५५०१९१११
प्रकाशचन्द्र पौडेल
सूचना अधिकारी
suchanaadhikari@kalikamun.gov.np OR pcpaudel2009@gmail.com
९८५५०६११३१